गुल्मीमा बस दुर्घटना, १५ जना घाइते

गुल्मीमा बस दुर्घटना, १५ जना घाइते

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु.१ख ७७७६ नम्बरको बस सडकदेखि करिब पाँच मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

प्रहरीका अनुसार ईस्मा गाउँपालिका–४ का ४४ वर्षीय चालक वीरबहादुर गुरुङले चलाएको बस घुम्तिमा अचानक ब्रेक फेल हुँदा सडक किनारमा रहेको मनीष कुँवरको खाली घरमा अड्किएर रोकिएको हो। दुर्घटनामा बस र घर दुवै पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी नायब निरीक्षक जगन्नाथ पाण्डेको नेतृत्वमा गएको टोलीले उद्धार कार्य सम्पन्न गरेको थियो। घाइते १५ जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र बस अझै घटनास्थलमै रहेको जनाएको छ।