

काठमाडौं : भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। शुक्रबार सार्वजनिक गरिएको टोलीमा डिफेन्डर हीराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गरेका छन्।
भारतसँगको मैत्रीपूर्ण खेल आगामी अक्टोबर २६ मा सिक्किममा हुने तय भएको छ।
एन्फाले बिहीबार मात्रै महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको थियो। प्रारम्भिक टोलीमा नेपालको उमेर समूह (एज ग्रुप) बाट उदीयमान खेलाडीलाई समेत स्थान दिइएको छ।
प्रारम्भिक टोली
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी ।
डिफेन्डरः निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, सजनी थोकर, हीराकुमारी भुजेल, नेहा कुमारी चौधरी ।
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया ।
फरवार्डः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी ।