

काठमाडौं । तुइनखोलामा खसेको पहिरोका कारण दुई दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गए राति पहिरो पन्छाउने काम सकिएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हाे । बाटाे खुलेसँगै दसैंमा घर हिडेका अलपत्र यात्रुहरुसंगै सयाैं सवारी साधनहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।