फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकपछि निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक मसान्तसम्म नामावली संकलन जारी रहने जानकारी दिए। उनका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकलाई भोट हाल्न पाउने व्यवस्था मिलाउन यो समय तोकिएको हो।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ। सामान्यतया निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन रोक्ने व्यवस्था भए पनि सरकारले बुधबार अध्यादेशमार्फत उक्त प्रावधान संशोधन गरेको छ।