उद्योग मन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवार र घाइतेका लागि रोजगारी

उद्योग मन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवार र घाइतेका लागि रोजगारी

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सोमबारदेखि तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री सिन्हा सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेका थिए।

पदभार ग्रहणलगत्तै उनले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएकाहरूलाई रोजगारी उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरे। साथै, सरकारी निकायहरूमा प्रयोग गरिने फर्निचर तथा अन्य निर्माण सामग्रीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय पनि उनले गरेका छन्।

मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।