

काठमाडौँ । नवनियुक्त मन्त्री अनीलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गरेका छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार सम्हाले।
सिन्हाले एकैपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालय पनि सम्हालेका थिए। तर, प्रधानमन्त्री सुशीला कार्कीले यो जिम्मेवारी सिन्हालाई सुम्पेकी हुन्।
सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश समेत हुन्।