एक युवकको सुतेकै ठाउमा क्रुरतापूर्वक हत्या

एक युवकको सुतेकै ठाउमा क्रुरतापूर्वक हत्या

-जीवन शर्मा-

ओखलढुंगा, ६ भदौ । मोलुंग गाउँपालिका वडा न. ३ का २९ वर्षीय सन्तोष कार्कीको अपरिचित मानिसले घरैमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । मंगलबार साँझ घरका कोही सदस्य नभएको अवस्थामा धारिलो हतियार प्रयोग गरेको कार्कीको हत्या भएको हो ।

मंगलबार साँझ घरको कोठामा रगतले लत्पतिएको अवस्थामा कार्कीको शव फेला परेको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार कार्कीको हतियार प्रयोग गरेर हत्या भएको अनुमान गरिएको छ । शवको पोष्टमार्टम रुम्जाटार अस्पतालमा गरिएको र त्यसको रिपोर्ट आउन केही समय लाग्ने प्रहरी जनाएको छ ।

छिमेकीहरुलाई ‘सन्तोष कार्कीको घर कहाँ हो ? भनेर एक अपरिचित व्यक्तिले सोध्दै आएकोले उसैको साथी होला भनेर छिमेकीहरुले घर देखाइदिएको स्थानीयहरु बताउँछन् । हत्याराले प्रयोग गरेको छुरी र रगत लागेका सर्ट, पेन्ट र क्याप टोपी समेत नजिकैको जङ्गलमा फेला परेको सूचना अधिकारी भट्टराईले बताए । घटना रहस्यमय भएपनि अनुसन्धान भइरहेकाले थप तथ्य बाहिर आउन केही समय लाग्ने उनको भनाइ छ ।

उनका आफ्नै दाजुभाइ र छिमेकीको घर हिडेर जादा १५ मिनेटको दुरीमा रहेको छ । कार्की यही असारदेखि गाउँमा बस्दै आएका थिए । यसअघि उनी काठमाडाैँ बस्दै आएका थिए । क्रुरतापूर्वक भएको रहस्यमय घटनाका विषयमा अनुमान समेत लगाउन नसकिए मोलुंग गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष रामकुमार कार्कीले बताए । देशभरी नै दिनदाहडै यसरी हत्याका घटनाहरु बढीरहेका बेला भएको यस घटनाले हर्कपुरका नागरिहरुमा त्रासदी छाएको छ । गाउनै सोकमा डुवेको छ । यस्ता खाले अमानविय र क्रुर हत्याका हत्यारालाइ यथासक्य पत्ता लगाइ कारवाही गर्न परिवारका सदस्यले माग गरेका छन् । हत्यारा पत्ता लगाउन केही समय लागेपनि एक दिन अवश्य भेटीने बताउदै चाडो पत्ता लगाउने विषयमा स्थानीय सरकार र प्रशरी प्रशासनले कुनै कसुर बाँकी नराख्ने वडा अध्यक्ष कर्कीले बताए ।

यसो भन्छन् सहपाठी
मोलुङ गाँउपालिकाका सुचना अधिकारी गोपाल नेपालका अनुसार कार्की काठमाण्डौ बसेर पढ्ने गरेको भएपनि बिगत डेढ महिनादेखी गाँउमै बस्दै आएका थिए । मृतक कार्कीसंगै एसएलसी सम्म संगै पढेका नेपाल शिक्षित परिवारका मिलनसार केटा रहेको बताउछन् । ‘ म अफिसबाट फर्किदै थिए अचानक सन्तोषले विष खाएर आत्महत्या गर्यो भन्ने खबर आयो । म त्यतैबाट उनको घर तर्फ गए,त्यहाँ पुग्दा घटना विष खाएको हैन हत्या भएको जस्तो देखियो’ उनले भने । सन्तोष कोठामा लडिराखेको र वरपर रगत नै रगत रहेछ । उनले लगाएको सर्ट पनि काटिएको थियो मैले त्यो देख्नै सकिन’ । संगै खाना खाएर धान गोड्न आमाबबु निस्केपछि माथि (केराबारी) भन्ने स्थानबाट अपरिचित ब्यक्ति सन्तोषको घर सोध्दै झरेको स्थानीयले बताएका छन् ।

यसो भन्छन् वडा अध्यक्ष
वडा अध्यक्ष राम कार्कीका अनुसार स्थानीयले देखेको ब्यक्तिले दाह्री पालेको कालो तथा सेतो मिसीएको चेक सट , टाउकोमा क्याप र खुट्टामा चप्पल लगाएका थिए । हत्यापछि उक्त ब्यक्तिले लगाएको सर्ट करिब ३ सय मिटर पर फेला परेको र चप्पल करेसाबारीमा फेला परेकाले उनैले हत्या गरेको अध्यक्ष कार्कीले बताए । ‘दिउँसोपख माथीका मान्छेहरुलाई भतिजको घर सोध्दै झरेको रहेछ । स्थानियले पनि घर बताएछन् तर उनलाई राम्रोसंग नियालेनछन् ’ कार्कीले भने । मृतकको घर एकान्तमा रहेको छ । कार्कीले काठमाडाैँमा रहेर डिप्लोमा सकाएका थिए । उनका दाजु समेत नेपालमा डक्टर सकाएर विदेशमा पढ्न गाएका छन् । मृतक कार्की मोलुङ ३ का वडा अध्यक्ष राम कार्कीका भतिजा हुन् ।