अपडेट: बाढीपहिरोमा परी हालसम्म २३३ जनाको मृत्यु

अपडेट: बाढीपहिरोमा परी हालसम्म २३३ जनाको मृत्यु

काठमाडौं । अविरल बर्षाका कारण आएकाे बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाअनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसंहार गरी यातायातका साधन सञ्चालन गर्न प्रयास गरिरहेको जनाएकाे छ ।