थप १०० जनामा कोरोना सङ्क्रमण, कुल संख्या १८ हजार ९४ पुग्यो

थप १०० जनामा कोरोना सङ्क्रमण, कुल संख्या १८ हजार ९४ पुग्यो

काठमाडौँ,७ साउन ।बुधबार थप १०० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या  १८ हजार ९४ पुगेको छ ।

सङ्क्रमण भएकामध्ये १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन् ।अाज (बुधबार) कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।