सिंहदरबारको मुख्‍य गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप (फोटो/भिडियो)

सिंहदरबारको मुख्‍य गेट अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप (फोटो/भिडियो)

काठमाडौं, २६ वैशाख । घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा डिएसपीसहित ७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो ।

प्रहरीको लाठीचार्जबाट केहि चिनियाँ घाइते भएका छन् । यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

चिनियाँ नागरिकहरुले फुटपाथमा बसेर धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । २० जनाभन्दा बढी रहेका उनीहरु ’वी वान्ट टू गो ब्याक होम’ लेखिएको ‘प्लेकार्ड’ बोकेर सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका थिए ।

भिडियाे हेर्नुहाेस्