झोलामा विष बोकेर मन्त्री भेट्न पुगे पूर्वलडाकू, ‘सुसाइड नोट’ पनि फेला

झोलामा विष बोकेर मन्त्री भेट्न पुगे पूर्वलडाकू, ‘सुसाइड नोट’ पनि फेला

काठमाडौँ, २८ मंसिर । सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।

सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।