सिफारिस ४ राजदुतको संसदीय सुनुवाई आज

सिफारिस ४ राजदुतको संसदीय सुनुवाई आज

काठमाडौं, २३ मंसिर । सरकारले ४ देशका लागि सिफारिस गरेको राजदुतको संसदीय सुनुवाई आज हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका राजदुतको आज सुनुवाई गर्न लागेको हो ।

सरकारद्वारा भारतका लागि राजदुत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदुत सिफारिस गरिएका अञ्जान शाक्यसँग परेका उजुरीका आधारमा सुनुवाई हुनेछ ।