बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा

बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा

काठमाडौं, २२ मंसिर । केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ। त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ ।

प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए। प्रदूषित वायुलाई मास्कले समेत छेक्न नसक्ने भएकाले बिहानीपख कोठाभित्रै व्यायाम गर्नु प्रभावकारी हुने उनको भनाइ छ। यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकबाट लिएका हौं ।

प्रदूषित वायु मानिसको फोक्सो हुँदै रक्तनलीसम्म पुगेर क्यान्सरसम्मको रोग निम्त्याउने डा. पौडेलको भनाइ छ। २.५ पीएमको वायु प्रदूषणको दर हेर्दा बुधबार बिहान ८ देखि ९ बजे १५१ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ। पाँच गुनासम्म प्रदूषण बढेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकबाट लिएका हौं ।