२ महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

२ महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

कठमाडौं, १६ मंसिर । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने बताउनुभएको छ । आज संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्नुभयो ।

अबको २ महिना भित्रमा मेलम्चीको पानी काठमाडौं आइपुग्ने उहाँले दाबी गर्नुभयो । विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उहाँको भनाइ थियो ।

यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी माग्नुभएको थियो । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका छन् ।