एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

आज दिउँसो साढे १२ बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन् । पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । विराटनगर ४ अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ ।

यता, पोखरा पाँच खेलमध्ये एक खेलमा मात्रै विजयी भएको छ भने चार खेलमा पराजित भएको छ । २ अंकसहित पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

अंक तालिकामा कर्णाली सातौँ स्थानमा छ भने लुम्बिनी तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ ।

लुम्बिनीले भने पाँच खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको छ । वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनीले उक्त खेलमा अंक बाँडेको थियो ।