नेकपाको एकता प्रक्रिया लम्बिदै

नेकपाको एकता प्रक्रिया लम्बिदै

काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको छ । दसैँ अगाडि नै कार्यकर्ता तहसम्मको सङ्गठनको एकता गरिसक्ने दाबी नेताहरुले गरे पनि आजसम्म पनि एकता प्रक्रिया सुरु भएको छैन ।

नेकपाको प्रदेश स्तरसम्मको सङ्गठनमा पुनर्गठन भए पनि त्यसभन्दा तलको एकता हुन सकेको छैन । नेकपाका केही नेताहरूले सङ्गठन निर्माणमा असन्तुष्टि जनाएपछि एकतामा ढिलाई भइरहेको छ ।