क्यान्सर, प्रेसर र किड्नीकाे राेग ठीक पार्ने जमराको जुस कसरी बनाउने ?

क्यान्सर, प्रेसर र किड्नीकाे राेग ठीक पार्ने जमराको जुस कसरी बनाउने ?

जौ लाई पुरातन हिन्दु संकारमा मात्र नभई बैज्ञानिकहरुले पनि सबैभन्दा गुणकारी खाद्यन्नको रुपमा लिन्छन् । यस मध्ये पनि जौ को जमरा एक चामत्कारिक औषधिको रुपमा परिणत भैसकेको छ । यसको सेवनले मानिस सँग रोग प्रतिरोधि क्षमताको बृद्धि गर्ने, पाचनप्रणालिमा सुधार हुने, शक्तिबद्र्धकको रुपमा काम गर्ने जस्ता विभिन्न चामत्कारिक फाइदाहरु रहेका छन् ।

जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ । जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमारा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।

क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।

जमरामा जुसमा पाउने पौष्टिक तत्व हुने तर, तीतो नुहुँने भएकोले प्रयोग जुसको रूपमा सकिन्छ । यसमा अर्गानिक र सोडियाम हुने भएकोले जलवियोजनको समस्या भएकाहरुलाई निकै फाइदा गर्छ । प्रत्येक एक ग्राम जौका जमरामा ७७५ मिलिग्राम अर्गानिक सोडियम हुन्छ । यसले रक्त प्रवाहमा हुने क्याल्सियामलाई रगतसँग घुलिएर वग्न मद्दत गर्छ । शरीरका जोर्नीहरुमा जम्मा हुने क्याल्सियामपन घोलिन मद्दत गरी नसाहरु सन्तुलित राख्छ ।

अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार भिटामिन, खनिज, क्लोरोफिलको हुन्छ । यसमा गाईको दूधमा भन्दा ३० गुना बढी भिटामिन बि, तथा पालुङ्गोको भन्दा ३ दशमलव ३ गुना भिटामिन पाइन्छ । त्यस्तै ६ दशमलव ५ गुनावेसी क्यारोटिन, ५ गुना बढी आइरन पाइन्छ । त्यस्तै गाईको दूधमा भन्दा ११ गुना बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुना बढी भिटामिन पाइन्छ ।

जौ को जमरा बनाउने तरिका
जौको जमरा उर्मादा यसलाई घाम नर्छिने अध्यारो कोठाको आवश्यकता पर्दछ । जसमा राम्रो मल भएको धुलो माटो ४ इन्च जति बाक्लो हुनेगरी बर्गाकार वा आयताकार भाँडामा राखी सो माटो माथि ठिक्क बाक्लो हुनेगरी जौ को दानाहरु छर्नुपर्दछ र माथिबाट माटोले छोपि हल्का पानिले छम्पनुपर्दछ । यसरी जौ को जमरा राखेको ६ दिन जति पछि वा जमरा ७ देखी ८ इन्चको भएपनि यसलाई कैचीले काटेर यसको जुस तयार गरी सेवन गर्न सकिन्छ ।

जौ जमराको जुस सेवनबाट हुने १५ फाइदा
१) यसको सेवनले शरिरको अनावश्यक कोल्स्टोल कम गर्छ

२) रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ

३) शरिर सुनिने समस्या कम गर्छ

४) पाचनशक्ति मज्बुत बनाउँछ

५) छालालाई स्वस्थकर बनाउँछ

६) मोटोपना कम गर्न मद्यत गर्छ

७) माइग्रेन टाउको टुखाइ कम गर्छ

८) क्यान्सर सँग लड्ने क्षमताको विकास गर्छ

९) पाचन शक्ति बढाउँछ

१०) बुढ्यौली देखिन कम गर्छ

११ ) शरिरमा हुने विभिन्न टक्सिकलाई कम गर्छ

१२) ग्यास्टिकको समस्यामा राहत दिन्छ

13) रातो रक्तकोष बढाउन मद्यत गर्छ

१४) रोग प्रतिरोधि क्षमताको बृद्धि

१५) शक्तिबद्र्धकको रुपमा काम गर्ने

जौको जस्ता गहुको जमरा पनि लाभदायक
के पाइन्छ गहुँको जमरामा ?
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।

के लाभ मिल्छ ?
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँतसम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।

जमराको जुस बनाउने तरिका 
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?

१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।

२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।

३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।

४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।

कति पिउने ?
– यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।

– सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।

– एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

कसरी उमार्ने गहुँको जमरा ?
– अर्ग्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

– सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– एक हप्तासम्म एक-एक वटा गमलामा यसरी नै बिज रोप्नुहोस् ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ ।

– खान योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्नुहोस् ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।