

काठमाडौं, २२ कार्तिक । सरकारले तिहारको समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । काठमाडौँ उपत्यका लगायत देशभरि नै तिहारको बिदाको समयमा पनि अनुगमन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
विभागले अनुगमनका क्रममा अखाद्य र गुणस्तरहिन समाग्रि भेटीएका पसललाई कारवाही समेत गरिएको जनाएको छ । तिहारको समयमा कुनैपनि खाद्यसामाग्रिहरु प्रयोग गर्दा ध्यान दिएर प्रयोग गर्न विभागले सबै नागरिकलाई अनुरोध गरेको छ । अखाद्य र गुणस्तरहिन सामाग्रि बिक्रिवितरण गरेको भेटिए तुरुन्तै विभाग वा जिल्ला प्रशासन कार्यक्रयमा जानकारी गराउन विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले सबैलाई अनुरोध गर्नुभयो ।
सरकारले विगत २ महिनायता दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्यवस्तु उत्पादकको कारखानामा शिलबन्दी गर्दै आएको छ ।