

काठमाडौं, १९ कार्तिक । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आज अन्त्येष्टि गरिएको छ । उहाँको नेवारी परम्पराअनुसार काठमाडौंको शोभा भगवतीमा अन्तिम संस्कार गरिएको हो ।
तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्म गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । तुलाधरको मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा हिजो निधन भएको थियो ।