नेकपाद्वारा संविधान संशोधन मस्यौदा तयार गर्न ११ सदस्यीय कार्यदल गठन

नेकपाद्वारा संविधान संशोधन मस्यौदा तयार गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

कार्यदलले संविधान संशोधनसम्बन्धी प्रारम्भिक मस्यौदा तयार गरी पार्टीलाई सुझावसहित प्रतिवेदन बुझाउनेछ।