

काठमाडौं । आजदेखि बजारमा आधा सिलिन्डर बराबर ग्यास मात्रै उपलब्ध हुने भएको छ। नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा अवरोध देखिएको भन्दै पछिल्लो समय ग्यास अभाव हुन थालेको निगमले जनाएको छ।
निगमका अनुसार मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको भए पनि बजारमा माग अस्वाभाविक रूपमा बढेकाले यस्तो व्यवस्था लागू गरिएको हो। शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरेर मात्र वितरण गरिने निगमले स्पष्ट पारेको छ।