खराब मौसमका कारण पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप स्थगन
भद्रपुर, ९ असोज । झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही असोज ११ गतेदेखि हुने भनिएको पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप मौसम खराबका कारण स्थगन गरिएको छ । आज रङ्गशालामा पत्रकार सम्मेलन गरी आयोजक जायोन स्पोर्टस् क्लबले खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको जानकारी दिएको हो...
