दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची
काठमाडौं, २६ असाेज । प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन्...
