दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

काठमाडौं, २६ असाेज । प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।

प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । याे खबर आजको कान्तिपुर दैनिककाे पहिलो पृष्ठमा प्रकाशित छ ।