उखु किसानको आन्दोलन आजबाट काठमाडौं केन्द्रित
पश्चिम नवलपरासी । सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका किसानहरू आजदेखि काठमाडौँमा केन्द्रित आन्दोलनमा उत्रिएका छन् । नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवका अनुसार आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध जारी रहनेछ...
