

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै पूर्वतयारीबिनाका र टुक्रा–टुक्रा परेका आयोजना कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।
अर्थ मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहणपछि उनले आफूलाई “माननीय” भनेर सम्बोधन नगर्न आग्रह गर्दै विनम्र शैलीमा काम गर्ने संकेत दिए।
खनालले पदभारसँगै पहिलो निर्णय सार्वजनिक गर्दै भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो। त्यसका लागि खर्च कटौती गर्नुपर्ने भएकाले यो निर्णय गरिएको हो।’