रूपन्देही–३ उपनिर्वाचन : धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

रूपन्देही–३ उपनिर्वाचन : धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

बुटवल। रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिएका छन्।

रूपन्देहीको सियारी गाउँपालिकाका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उम्मेदवार बनेका थिए। हालै उनी जनमत पार्टीमा प्रवेश गरेका छन्।