आजको मौसमः पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आजको मौसमः पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ। यद्यपि देशभर मनसुनको प्रभाव जारी रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान
दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको पूर्वानुमान
राति देशभर सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने छ।

मनसुनको सक्रिय अवधिमा रहेका कारण विभागले सर्वसाधारण र सम्बन्धित निकायलाई पछिल्लो मौसमी जानकारी लिन अनुरोध गरेको छ।