असोज ५ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट खुल्ला

असोज ५ गतेदेखि दशैंका लागि बसको अग्रिम टिकट खुल्ला

काठमाडौं, १ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । हिजो सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए। तर विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।

यो संगै दशैं नजिकिदै गर्दा टिकट नपाउने होकि भन्ने तनावमा परेका यात्रुहरुलाई सहज हुने भएको छ । यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । दशैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेका छन्।