इस्तानबुलकाे विमानस्थलमा अश्रुग्यास प्रहार

इस्तानबुलकाे विमानस्थलमा अश्रुग्यास प्रहार

इस्तानबुल, २९ भदौ । टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ । मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डाेगानको महत्वकांक्षी योजनाका रुपमा रहेको सो विमानस्थलमा अर्को महिनादेखि व्यवसायिक सेवा सुरु गर्ने तयारी गरिएको छ ।
आउँदो अक्टोबरमा काम सम्पन्न गर्नेगरी अहिले सो विमानस्थलमा द्रूत गतिका काम भइरहेको छ । इस्तानबुलको ब्ल्याक सी क्षेत्रमा सो विमानस्थल अहिले निर्माणाधिन अवस्थामा रहेको छ । अहिले झण्डै ३५ हजार मजदूरहरुले काम गरिरहेको बताइएको छ । कामको सिलसिलामा ठूलो सङ्ख्यामा मजदूरहरुको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।

कामको अवस्थालाई लिएर हजारौँ मजदूरहरूले विरोध प्रदर्शन गरेपछि अश्रुग्यास प्रहार गरिएको निजी क्षेत्रको समाचार संस्था डीएचएले जनाएको छ । यस नयाँ विमानस्थलबाट प्रतिबर्ष करिब नौ करोड हवाइ यात्रुले सेवा पाउने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । सन् २०२३ देखि भने त्यो संख्या बढेर १३ करोड पुग्ने अनुमान गरिएको छ । उहाँले राष्ट्रपतीय निर्वाचनको केही दिन अगाडी गत जुनमा यस योजनाको प्रचार प्रसारका लागि आफ्नो विमान अवतरण गराउनु भएको थियो । रासस/एएफपी