काठमाडौँ, २५ भदाै । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्ने भएको छ । बुधबार हुने सेमिफाइनलमा नेपालले समूह बीको उपविजेता माल्दिभ्सलाई प्रतिस्पर्धी पाएको हो ।
नेपाल समूूह ए को विजेताका रुपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा भारतले माल्दिभ्सलाई २–० ले पराजित गरेपछि माल्दिभ्सको समूह उपविजेता बन्ने सम्भावना धरापमा परेको थियो ।
माल्दिभ्स र श्रीलंकाको समान एक अंक र समान गोलअन्तर भएपछि टस गरेर उपविजेताको टुंगो लगाइएको हो । टसमा मालदिभ्सको भाग्य चम्कियो र नेपालसँगको भेट पक्का भयो ।