नवलपरासी । शिक्षा दिवस एवं निजामती सेवा दिवस २०७५ को अवसरमा नवलपरासीको सरावल गाउँपालिकाको आयोजनामा आधारभुत तहका बिद्यार्थीहरुका बिचमा गाउँपालिकाब्यापी अन्तरबिद्यालयस्तरीय हाजीरीजवाफ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।
१४ वटा बिद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा महेन्द्र जनता माध्यमिक बिद्यालय प्रथम,मुनलाईट एकाडमी द्वितिय र सालबास सनराईज स्कुलले तृतिय स्थान हाशील गरेका छन ।
महेन्द्र माध्यमिक बिद्यालय,सरावलको प्रांगणमा सम्पन्न कार्यक्रममा बिजेता बिद्यालयहरुलाई आकर्षक शिल्ड,बिजेता बिद्यार्थीहरुलाई मेडलको साथमा नगद अठार हजार रुपैया र सम्पुर्ण सहभागी बिद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवं सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले यस्ता खालका प्रतियोगिताले बिद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने भएकोले आगामी दिनमा पनि गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । शैक्षीक क्षेत्रको बिकासको अपरिहार्यतालाई जोड दिँदै उहाँले गाउँपालिकाको अभियानमा हातेमालो गर्न सम्पुर्ण बिद्यालय र अभिभावलाई समेत आग्रह गर्नुभभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उत्तमा राय र प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बिद्यालयहरुले बिद्यार्थीको बहुआयामीक बिकासका लागी अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम भाईब्रेसन मिडिया,काठमाडौँको संयोजनमा सम्पन्न भएको थियो ।