संरचना फेर्दै कांग्रेस: विधानको प्रारम्भिक मस्यादाै तयार

संरचना फेर्दै कांग्रेस: विधानको प्रारम्भिक मस्यादाै तयार

काठमाडौं, २३ भदाै । नेपाली कांग्रेसले संघीय ढाँचाअनुरूप बनाउन लागेको पार्टीको नयाँ विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। विधान मस्यौदा समितिले गठन गरेका तीन उपसमितिले अाज आआफ्नो प्रारम्भिक प्रतिवेदन समितिमा पेस गर्दै छन्। त्यसका लागि अाज बिहान ९ बजेका लागि समिति बैठक बोलाइएको छ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान समितिले पार्टीको संरचना, कार्यविभाजन र आन्तरिक व्यस्थापनसँग सम्बन्धित विधान बनाउन तीन उपसमिति गठन गरेकाे थियाे । संरचनासम्बन्धी उपसमितिले पार्टीका केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको पार्टी संरचनाबारे नयाँ व्यवस्था गर्न लागेको छ। अहिलेको ८५ सदस्यीय केन्द्रीय समिति सयभन्दा बढी हुँदै छ भने पार्टीको केन्द्रीय उपसभापतिदेखि सहमहान्त्रीको पद संख्या थपिँदै छ।

विधान मस्यौदा समितिले शनिबार बनाउन लागेको विधानको प्रारम्भिक मस्यौदाले असोज १५ सम्म अन्तिम रूप लिँदै छ। मंसिरमा हुन लागेको कांग्रेस महासमितिले त्यसलाई पारित गरेपछि त्यसअनुरूप कांग्रेस रूपान्तरण हुनेछ।

असार पहिलो साता हेटौंडामा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सभापतिले छलफल गरेर केन्द्रीय नेतृत्वलाई कम्तीमा पनि ६१ सदस्यीय प्रदेश समिति, जिल्ला कार्यसमिति कम्तीमा ५१ सदस्यीय, संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति ३१ सदस्यीय, प्रादेशिक निर्वाचन क्षेत्रीय कार्यसमिति ३१ सदस्यीय र स्थानीय तहको कार्यसमिति ३१ देखि ५१ सदस्यीय बनाउन सुझाएका थिए। उनीहरूले पार्टीको केन्द्रीय समिति पनि २ सय १५ सदस्यीय बनाउन सुझाएका थिए। यद्यपि संरचनासम्बन्धी उपसमितिले १ सय ५१ ननाघ्ने गरी केन्द्रीय समिति सिफरिस गरेको छ। प्रादेशिक कार्यसमिति भने ५१ सदस्यीय बनाउन प्रस्ताव गरेको छ। याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकबाट लिएका हाैँ ।