संसद् प्रवक्ताविहीन

संसद् प्रवक्ताविहीन

काठमाडाैँ, २३ भदाै । संघीय संसद् सचिवालय प्रवक्ता विहीन भएको छ । प्रवक्ता समेत रहनुभएका प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका सह–सचिव डा. भरतराज गौतम सचिव भएपछि नयाँ प्रवक्ता तोकिएको छैन । गौतमको ठाउँमा बंशीराज पौडेल आउनुभएको छ ।

सचिवालयमा सहायक प्रवक्ता तथा सूचना अधिकारी केशव अर्याल रहनुभएको छ । ‘महासचिवले कसैलाई जिम्मेवारी दिए हुने हो खोई किन हो ढिलो भएको छ’ एक कर्मचारीले भने ।

सामान्यतया प्रशासन महाशाखाका सहसचिवलाई प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेको छ । असोजमा हिमलाल सुवेदी सचिवबाट अवकाश हुने भएकाले त्यो ठाउँमा ध्रुवप्रसाद घिमिरे बढुवा हुनुहुने भएको छ । सचिवालयमा ४ सचिव, १२ सहसचिव छन् । याे खबर अाजकाे समाचारपत्र दैनिकबाट लिएका हाैँ ।