मुलुकी संहिताको केहि बुँदाहरु संशोधन माग गर्दै पत्रकार महासंघ सडकमा

मुलुकी संहिताको केहि बुँदाहरु संशोधन माग गर्दै पत्रकार महासंघ सडकमा

काठमाडौं, २२ भदौ । मुलुकी ( फाैजदारी र देवानी)संहिता एेनका केही प्रावधानले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता संकुचित पार्ने भन्दै पत्रकारहरुले त्यसलाई संशाेधनकाे माग गर्दै अाज बानेश्वरमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघसँगै प्रेससँग सम्बन्धित विभिन्न संघसंस्थाले गरेको प्रदर्शनमा पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर पहिलो चरणको दवाबमुलक सांकेतिक विरोध कार्यक्रम गरेका थिए ।

मुलुकी संहितामा हाल रहेको व्यवस्था संशाेधन नगरी हुवहु कार्यान्वयन भएमा सार्वजनिक स्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले गरेका क्रियाकलाप माथी पनि प्रश्न उठाउन नसकिने अवस्था आउने भएकाेले पत्रकार महासंघ संघर्षमा उत्रिन बाध्य भएकाे महासंघका सचिव प्रकाश थापाले बताएका छन् ।

अाज पत्रकार महासंघकाे अावहानमा पत्रकारिता क्षेत्रका विभिन्न स‌ंघ संगठनहरु र पत्रकारहरु कालो ब्यानरसहित नयाँ बानेश्वरको सडकमा विराेधमा उत्रिएका थिए ।

महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य

महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले दोस्रो चरणको आन्दोलन आगामी सोमबारभित्रै सार्वजनिक गर्ने बताएका छन् । पहिलो चरणको दवाबमुलक सांकेतिक विरोध कार्यक्रमअन्तर्गत आज नयाँ बानेश्वरमा आयोजित सांकेतिक प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले दोस्रो चरणको आन्दोलन घोषणा गरिने बताएका हुन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताका केही प्रावधानहरु संविधानकै विरुद्ध भएको बताउँदै त्यसलाई तत्काल संशोधन गर्न माग गरे । “हामीले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेश र केन्द्रमा सबै ठाउँमा ज्ञापनपत्र बुझाइसकेका छौं । कतैबाट सुनुवाई नभएपछि सडकमा आउन बाध्य भएका छौं ।”

अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताविरोधी कानून अस्वीकार्य भएको बताउँदै भने, “आगामी सोमवारसम्ममा दोस्रो चरणको आन्दोलन घोषणा गरिने छ ।” उनले सरकारले मुलुकी संहिताका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानहरु संशोधन नगर्दासम्म आन्दोलन जारी रहने बताए ।