मुलुकी देवानी र फौजदारी संहिता संशोधनको माग गर्दै महासंघ विराेध प्रदर्शनमा

मुलुकी देवानी र फौजदारी संहिता संशोधनको माग गर्दै महासंघ विराेध प्रदर्शनमा

काठमाडौं, २२ भदौ । भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका केहि बुँदाहरु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने भएको भन्दै त्यस्ता बुँदाहरु तत्काल संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघले आज विराेध प्रदर्शन गर्दैछ ।

महासंघका सचिव प्रकाश थापाकाअनुसार मुलुकी संहितामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन थप दबाब दिन आज सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी छ ।
नयाँ ऐनका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग सुनुवाई नभए चरणबद्ध रुपमा कडा आन्दोलन गर्ने सचिव थापाले बताउनुभयो । महासंघले यसअघि सभामुख कृष्णबहादुर महरा तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा तथा हरेक जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर यस्ता प्रावधान तत्काल संशोधन गर्न आग्रह गरेको थियो ।