बेलुनको गुच्छा पड्किँदा घाइते अर्थमन्त्री पौडेल थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा

बेलुनको गुच्छा पड्किँदा घाइते अर्थमन्त्री पौडेल थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा

पोखरा: पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।

बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री पौडेल गण्डकी अस्पतालमा उपचार गरिएकाे थियाे । उनकाे अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ। उनलाई आजै हेलिकप्टरमार्फत काठमाडौं ल्याएर थप उपचारका लागि पौडेललाई कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।

त्यस्तै, सोही कार्यक्रमका क्रममा मेयर आचार्य पनि घाइते भएका छन्। उनलाई गण्डकी मेडिकल कलेजमा उपचार प्रदान गरिँदैछ।

बेलुनमा भएको विस्फोट अटोमेटिक स्विच थिचेपछि बत्तिको ज्वालाले हाइड्रोजन भरिएको बेलुनमा पुगेर भएको थियो। पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा, ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको थियो।