भ्यागुताको पूजा गर्दै किसान

भ्यागुताको पूजा गर्दै किसान

काठमाडाैँ, १० भदाै । श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन् ।

किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु¥याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ । किसानहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । जसलाई स्थानीय भाषामा ब्या“चा जाः नक वनेगु भनिन्छ ।

“मानिसको महान गुरुहरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो ।” उहाँले भन्नुभयो । रासस