अमेरिकी सिनेटर जोन म्याकेनको निधन

अमेरिकी सिनेटर जोन म्याकेनको निधन

अमेरिकी सिनेटर जोन म्याकेनको निधन भएको छ । भियतनाम युद्धका नायक म्याकेन पछि राजनीतिमा आएका हुन् र उनी अमेरिकी राष्ट्रपतिका उम्मेदवार पनि रहे ।

म्याकेनको ८१ वर्षको उमेरमा निधन भएको हो । परिवारका सबै सदस्य म्याकेनले शनिबार अन्तिम सास लिने बेला घरमै रहेको जारी गरिएको छोटो वक्तव्यमा उल्लेख गरिएको छ ।

म्याकेन आक्रामक खालको ब्रेन ट्युमरका कारण पीडित थिए । उनी सन् २०१७ को जुलाईदेखि उपचारमा थिए । गएको डिसेम्बरमा वासिङ्टन छोडेका म्याकेनले गएको शुक्रबार उपचार निरन्तर नगर्ने निर्णय गरेको उनको परिवारले जनाएको थियो ।