स्वतन्त्र उम्मेदवार गोमा थापाका लागि प्रेममय ललितपुर क्षेत्र नंः ३

स्वतन्त्र उम्मेदवार गोमा थापाका लागि प्रेममय ललितपुर क्षेत्र नंः ३

-दीपा थापा-

ललितपुर । गुलाफको फुलको पर्वकारुपमा हेरिने फेब्रअरी १४ अर्थात् ‘भ्यालेनटाइन डे’ आउन अझैं साढे दुई महिना बाकी छ तर, ललितपुर क्षेत्र नंः ३ मा भने यतिबेला दैनिक फेब्रअरी १४ अर्थात् ‘भ्यालेनटाइन डे’ जस्तै देखिने गरेको छ । संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा समाजसेवी गोमा थापाको चुनाव चिन्ह गुलाफको फुलको चर्चाले अहिले माहौल तातिएको हो । यतिखेर ललितपुर ३ मा गुलाफको फुल नबोकेका मतदाता कमै मात्र देखिने गरेकाले पनि अहिले ललितपुर ३ प्रेम दिवसमय बनेको हो । तर, यो गुलाफको फुलको चर्चा र प्रेम अरु कसैको लागि नभएर ललितपुरको राजनीतिमा स्वतन्त्ररुपमा उम्मेदवार बनेर बलियोरुप चुनौती दिइरहेकी समाजसेवी गोमा थापाका हो ।

समाजसेवाको निरन्तरतालाई जनप्रतिनिधिकारुपमा गर्ने अठोटका साथ स्वतन्त्ररुपमा उम्मेदवार बनेर घरदैलो कार्यक्रममा व्यस्त छिन् गोमा थापा । अहिले थापाको ललितपुरमा चुनाव प्रचारशैली ठूला दलहरुको भन्दा फरक छ । ललितपुर ३ का मतदाताहरुसंगको दुई दशकदेखिको सामिप्यताका कारण उनी घरघरमा सबै मतदाताहरुसंग पुगेर निर्धक्ककासाथ मत मागिरहेकी छिन् । अरु दलहरुले जस्तो ठूला सभाहरु गरेर चुनावी भाषण छाट्नु पर्ने बाध्यता उनलाई छैन । अहिले थापाको घरदैलो र उनी प्रति मतदाताले देखाएको प्रेमसंगै उनका एजेण्डाहरुले ललितपुर क्षेत्र नंः ३ मा नयाँ रौनक थपिएको छ ।

उनको दुई दशकको समाजसेवाको लगानी नै ललितपुर ३ थापाको मत माग्ने हकवाला क्षेत्र बनेको स्थानीय प्रकट महर्जनको बुझाई छ । महर्जन भन्छन् – ‘ललितपुर ३ का सबै पार्टीहरुसंग थापाको समान व्यवहार, आदिवासी जनजाती बीच लोकप्रिय छवि र विभिन्न संघसंस्था प्रति उनको योगदानले ललितपुर क्षेत्र नंः ३ मा थापाको जीत सुनिश्चित छ ।’ ललितपुर ३ का मतदाताहरु यो पाली नयाँ अनुहार त्यसमा पनि विकास प्रेमी थापालाई मत दिएर भारी मतले जिताउने मुडमा रहेको अर्का मतदाता रमिता भुसाल बताउछिन् । उनी भन्छिन् –‘स्वतन्त्र उम्मेदवार गोमा थापालाई गुलाफको फुलमा मतदान गरेर विजयी गराउन हामी आतुर छौं ।’ त्यसैगरी अर्का मतदाता उदय मगर ललितपुर ३ मा गोमा थापाको उम्मेदवारी अहिलेको समयको माग भएको बताउछन् । उनी भन्छन् –’ललितपुर त्यसै पनि फुलको खेती हुने ठाँउ हो यसपाली गुलाफको फुलमा मतदान गरेर गोमा थापालाई विजयी गरेर प्रतिनिधि सभामा पठाएर साच्चिकै ललितपुर फुलको भूमि रहेछ भन्ने प्रमाणित गर्न चाहान्छौं ।’

फोटोमा हेर्नुहोस्