विप्लव समूहका प्रवक्ता फेरि पक्राउ परे

विप्लव समूहका प्रवक्ता फेरि पक्राउ परे

काठमाडौं, ७ भदौ । विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताएका छन् ।

सर्वोच्च अदालतले ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको थियाे । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको थियाे ।

आदेशमा भनिएको छ, “मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न मिल्दैन ।” विश्वकर्मा बुधबार ढिला अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका कारण आजका लागि अदालतमा उपस्थित हुन भनिएको थियो ।