एसियाडमा नेपालको खेलः कुन कुनमा खेल्दैछ ?

एसियाडमा नेपालको खेलः कुन कुनमा खेल्दैछ ?

जाकार्ता, ४ भदाै । इन्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुद, एसियाडमा नेपालले आज आधा दर्जनभन्दा बढी खेलमा प्रतिस्पर्धा गर्दैछ।

ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपालले क्वाटरफाइनलमा चाइनिज ताइपेईको सामना गर्दैछ।
प्याराग्लाइडिङ्गको मेन्स इन्डिभिजुअल एक्युरेसीमा नेपालका विजय गौतमले प्रतिस्पर्धा गर्दैछन्। यसैगरी महिला स्पर्धामा नेपालका तृशा तामाङ श्रेष्ठ र प्रतिभा भुजेलले खेल्दैछन्।

पौडीको महिला सय मिटर फ्रि स्टाइलमा नेपालकी गौरिका सिंह र तिसा शाक्य खेल्दैछन्।

तेक्वान्दोको पुरुष ५८ केजी तौल समूहमा नेपालका सागर गुभाजुले अन्तिम ३२ मा भुटानका खेलाडीसँग खेल्दैछन्। यसैगरी महिला ५३ केजी तौल समूहमा नेपालकी निमा गुरुङले प्रिक्वाटरफाइनलमा लेबनानकी खेलाडीसँग खेल्दैछिन्।

महिला ६७ केजी तौल समूहमा नेपालकी संगिता नेपाली बस्यालले अन्तिम १६ को भिडन्तमा फिलिपिन्सकी खेलाडीसँग खेल्दैछिन्। टेनिसका पुरुष युगलतर्फ अन्तिम ३२ को प्रतिस्पर्धामा नेपालका संरक्षकभुषण बज्रचार्य र अभिषेक बास्तोलाको जोडीले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्।

महिला युगलमा नेपालका मायांका राणा र माहिका राणाको जोडीले माल्दिभ्सको टोलीसँग अन्तिम ३२ मा प्रतिस्पर्धा गर्दैछ।

नेपालले उसुमा पुरुष सान्दा ५६ केजी तौल समूहको अन्तिम १६ को प्रतिस्पर्धामा पदमबहादुर ठकुल्लाले लाओसका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्। सोही चरणको ६५ केजी तौल समूहमा बिरमान लामाले पनि लाओसकै खेलाडीसँग खेल्दैछन्।

महिला नान्दोमा निमा घर्तिमगरले खेल्दैछिन्। यसैगरी पुरुष नानक्वानमा युवराज थापाले प्रतिस्पर्धा गर्दैछन्। उनीसँग अन्य २२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।