एशियाडमा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्ने

एशियाडमा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्ने

१८ औं एशियाड अन्तर्गत नेपालले आज विभिन्न ९ वटा खेलमा प्रतिस्पर्धा गर्दै छ।इन्डोनेशियाको जाकर्ता र पालेमबाङमा शुरु एशिसाडमा नेपालले आज तेक्वान्दो, कुस्ती, फुटबल र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेको हो । त्यसैगरी उसु, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा समेत नेपालले आजै प्रतिस्पर्धा गर्ने छ ।

सेप्टेम्बर २ अर्थात १७ गतेसम्म चल्ने एशियाडमा नेपाल २९ खेलमा सहभागी छ । एशियाको ओलम्पिक मानिने एशियाडमा ४५ देशले प्रतिस्पर्धा गर्दैछन् । १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गतको पुरुष फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल प्याट्रिओट चन्द्रभागा स्टेडियममा स्थानिय समयअनुसार ४ः४५ बजेपछि सुरु हुनेछ ।