ललितपुर ३ मा स्वतन्त्र उम्मेदवार थापाले पारिन् दलहरुलाई हावाकावा

ललितपुर ३ मा स्वतन्त्र उम्मेदवार थापाले पारिन् दलहरुलाई हावाकावा

मतदाता भन्छन् ‘गोमा थापाको विकल्प छैन’

ललितपुर । संघिय व्यवस्थापिका संसदका लागि ललितपुर क्षेत्र नंः ३ बाट स्वतन्त्र उम्मेदवारका रुपमा समाजसेवी गोमा थापाको चुनावी माहौल यतिखेर निकै तातिएको छ । ललितपुरको राजनीतिमा स्वतन्त्ररुपमा उम्मेदवार बनेर बलियोरुप चुनौती दिइरहेकी थापा घरदैलो कार्यक्रममा व्यस्त छिन् । त्यसो त थापाको उम्मेदवारीबाटै ललितपुरमा ठूला दलका उम्मेदवारहरु पनि झस्किएका थिए । अहिले थापाको घरदैलो र उनी प्रति मतदाताले देखाएको झुकाव र एजेण्डाहरुले ललितपुर क्षेत्र नंः ३ मा नयाँ रौनक थपिएको छ ।

उनको दुई दशकको समाजसेवाको लगानी नै ललितपुरको भोट बैंक हो । ललितपुरका सबै पार्टीहरुसंग थापाको समान व्यवहार, आदिवासी जनजाती बीच लोकप्रिय छवि र विभिन्न संघसंस्था प्रति उनको योगदानले ललितपुर क्षेत्र नंः ३ मा थापाको जीत सुनिश्चित भएको स्थानीयहरु बताउछन् । ललितपुर ३ का मतदाताहरु यो पाली नयाँ अनुहार त्यसमा पनि विकास प्रेमीलाई मत दिने मनस्थितीमा रहेकोले स्वतन्त्र उम्मेदवार थापालाई गुलाफको फुलमा मतदान गरेर विजयी गराउने प्रतिक्रिया व्यक्त गर्दछन् भन्छन् उनीसंगै चुनावी कार्यक्रममा रहेका प्रवेश महर्जन । त्यसैगरी अर्का मतदाता उत्तम लिम्बु ललितपुर ३ मा गोमा थापाको विकल्प नभएको बताउदै भन्छन् –‘यहाँका ठूला भनिने दलहरु हावाकावा भएका छन् ।’

हेर्नुहोस् फोटोमा थापाको घरदैलो