इमरान खान पाकिस्तानकाे २२औँ प्रधानमन्त्रीमा नियुक्त, आज शपथ

इमरान खान पाकिस्तानकाे २२औँ प्रधानमन्त्रीमा नियुक्त, आज शपथ

एजेन्सी, २ भदौ । पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । पाकिस्तान तेहरिक–ए–इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रियसभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए । नवनियुक्त प्रधानमन्त्री खानको शपथ आज हुनेछ । ६५ वर्षिय खानले पाकिस्तानलाई नयाँ पाकिस्तान बनाउने यसअघि नै बताउँदै आएका छन् ।