राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरेका थिए । सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह , तेज प्रसाद पाण्डे , रोजिना थापा , डाक्टर कृष्ण हरि बराल , दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ । कार्यक्रममा निर्माण भएको दुइ भिडियो पनि देखाइएको थियो भने मेरी आमा बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।
लेख्दै छु बोलको गीतमा प्रविन खड्काको छायांकन , प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो । यसैगरी सार्वजनिक शिर्ष गीत हिम्मत भाकी छोरीलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन , सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ ।कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी , निर्देशक मनोज पण्डित , संगीतकार राजु सिंह ,गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो ।
हरिवंश आचार्य ( रुपा बहिनिको स्वरले मन छुन्छ । उहाको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भइयो । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ । रुपा बहिनिको प्रतिभा आज हामीले देख्यौ , सुन्यौ यसलाई छिटैनै विश्वले पनि बुझ्न पाओस् , शुभकामना छ ।
बिकास घिरैया अग्रवाल ( हामीले आफुले आर्जन गर्छौ , त्यसको केहि प्रतिशत सेवामा प्रयोग गर्दै आएका छौ । हामी मानव सेवालाई नै धर्म मान्छौ । रुपा बहिनिको बारेमा थाहा पाएपछि हामीले सकेको सहयोग मार्फत अगाडी ल्याउने कोसिस गरेका छौ । हामीले उनको प्रतिभालाई चिनेर अगाडी ल्य्याउने कोसिस गरेका छौ , अब मिडियाले सहयोग गरे रुपा बहिनि लक्ष्य प्राप्तिमा सफल हुनुहुन्थ्यो होला ।
सुरेश सेन्चुरी ( हामीले बागेश्वरी संगीत विधालय मार्फत प्रतिभालाई अगाडी ल्याउन सदैव तत्पर छौ । यसैक्रममा रुपा बहिनिसँग भेटघाट भयो । उनको प्रतिभालाई देखेर हामीले विगत ६ वर्ष देखि संगीतको प्रशिक्षण दिईरहेका छौ । उनको आत्विश्वास ले नै उनलाई यहाँसम्म लिएर आएको छ । हामीले उनलाई यहाँसम्मको यात्रामा लिएर आएका छौ , अबको यात्रामा मिडियाले उनलाई अगाडी बढाउनु हुनेछ भन्ने विश्वास छ ।