एकदिवसीय वरियतामा परे सन्दीप, सोमपाल र ज्ञानेन्द्र

एकदिवसीय वरियतामा परे सन्दीप, सोमपाल र ज्ञानेन्द्र

काठमाडौँ । नेपालका तीन क्रिकेटर पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा परेका छन् । लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पहिलो पटक एकदिवसीय वरियतामा समावेश भएका हुन् । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग २ खेलको एकदिवसीय सिरिज खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् ।

सन्दीप बलरको वरियतामा र अरु ब्याट्सम्यानतर्फ समावेश भएका हुन् । नेदरल्यान्ड्सविरुद्ध ४ विकेट लिएका सन्दीप २ सय १७ औं स्थानमा छन् । ब्याट्सम्यानको वरियतामा सोमपाल २ सय २९ औं र ज्ञानेन्द्र २ सय ३६ औं वरीयताम छन् । दुवैले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी–ट्वान्टीतर्फ अटाएका कप्तान पारस खड्का, शरद भेषवाकर र विनोद भण्डारी भने एकदिवसीयमा पर्न सकेनन् ।