भक्तपुरमा यु–१६ फुटसल गोलकप शूरु

भक्तपुरमा यु–१६ फुटसल गोलकप शूरु

भक्तपुर । भक्तपुर जिल्लाब्यापी यु–१६ फुटसल गोलकप २०१८ मंगलबारबाट शूरु भएको छ । प्रतियोगितामा सामुदायिक र निजी विद्यालय गरि ३२ वटा विद्यालयका खेलाडिहरुको सहभागी रहेका छन् ।

‘युवाका साथ साथ आवाज नेपाल’को आयोजनामा भएको प्रतियोगिताको सांसद महेश बस्नेतले मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । बस्नेतले युवाहरुको शारीरिक,मानसिक र बौद्धिक क्षमताको विकास गराउनका लागि फुटसलको आवश्यकता रहको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, सुर्यविनायक नगरकार्यपालिका सदस्य दिपक बिसुङ्के लगायतले युवाहरुको क्षमता अभिबृद्धि गर्न खेलले निकै मद्दत पुग्ने बताए । उद्घाटन सत्रको कार्यक्रममा संस्थाका अध्यक्ष राजेश घिमिरे, संस्थाका संस्थापक दिपेश बिसुङ्के , सचिव श्रीकृष्ण थापा लगायतले आ–आफ्ना धाराण राखे। प्रतियोगिता श्रावण २४ सम्म चल्नेछ ।