सिलवालको बदलाको राजनीति र उदयको विकास एजेण्डा

सिलवालको बदलाको राजनीति र उदयको विकास एजेण्डा

काठमाडौँ । राजीनामा स्वीकृत नहुँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर औपचारिक रुपमा राजनीतिमा हाम फालेका तत्कालीन डिआईजी नवराज सिलवालले पार्टी प्रवेश कार्यक्रममा भनेका थिए,म माथि राज्यले अन्याय गर्यो अब न्यायका लागि राजनीति गर्छु।

उनको यो भनाईले प्रष्ट हुन्छ कि उनी राजनीतिमा आउनुको एउटै उद्धेश्य छ हिजो आईजी हुन नपाएको तुष उनी राजनीतिमार्फत फेर्न चाहन्छन्। एकातर्फ उनीमाथि किर्ते गरेको अभियोग छ।

आईजी हुन सिलवालले अति गोप्य मानिने कार्यमूल्यांकन सम्पादनको फाईल चोरी गरी किर्ते गरेको पुष्टि भइसकेको छ। उनले आफ्नो नम्बर बढाएर पहिलो नम्बरमा रहेका तत्कालिन डिआईजी(अहिलेका प्रहरी महानिरीक्षक) प्रकाश अर्याललाई दोस्रो बनाए। अनि त्यही फाईल सर्वाेच्चमा लगेर आफूमाथि अन्याय भएको भन्दै महानिरीक्षक बनि पाउँ भन्दै उजुरी गरे तर दुधको दुध पानीको पानी भनेजस्तै उनको कर्तुत सार्वजनिक भएपछि राज्यले उनीमाथि कारवाही प्रक्रिया अगाडि बढायो।

उनी यो कारवाहीबाट बच्न पनि राजनीतिको सहारा चाहन्थे। यति बेला उनी मत माग्ने क्रममा एउटै कुरालाई जोड दिईरहका छन् कि म माथि अन्याय भयो। त्यसैले म न्यायका लागि राजनीतिमा आएको हुँ। जनता विकास गर्ने नेता खोजिरहेका छन् तर सिलवाल आफूलाई अन्याय भएको कुरा मतदातासंग भनिरहेका छन्। म गर्छु आग्राको कुरा उ गर्छ गाग्राको कुरा भनेजस्तै भएको छ सिलवाल र मतदाताहरुको सम्बन्ध। सिलवालले जे जस्ता आश्वासन मतदाताहरुसामू बाँडेपनि उनी राजनीतिमा आउनुको मुख्यत दुई वटा कारण मात्र हुन्।

पहिलो त उनीमा प्रतिशोधको भावना छ, र आफूलाई आईजी हुनबाट रोक्नेलाई राजनीतिमार्फत तह लगाउन चाहन्छन्। अर्काे उनीमाथि लागेको किर्ते बाट जोगिन चाहन्छन्। किर्ते गरेको पुष्टि भइसकेकाले उनीमाथि ढिलोचाँडो कारवाही हुने निश्चित छ। त्यसैले उनी राजनीतिको बैसाखी टेकेर कारवाहीबाट जोगिन चाहन्छन्। राजनीतिको बैसाखी टेकेरे धेरै अपराधिक व्यक्तिहरु कारवाहीबाट जोगिएको उनले देखेकै छन्।

स्पष्ट छ कि उनी मतदाताहरुलाई विकासका नाराहरु त बाडिरहेका छन् तर उनीभित्र उही प्रतिशोध वा बदलाको मनोविज्ञान गहिरो गरी गढेको छ र उनले त्यसैका लागि राजनीति रोजेका हुन्। यसलाई मतदाताहरुले पनि बुझिसकेका छन्। राजनीति नबुझेका र मतदाताहरुबीच नै पहिलो पटक जान लागेका सिलवालले विकास गर्नेमा मतदाताहरु संशयमा छन्।

यता अर्का उम्मेदवार उदय शम्शेर राणाको व्यक्तित्व भने फरक छ। उनी दुई दशक भन्दा बढी समय देखि राजनीतिमा सक्रिय छन्। सत्तामा हुँदा होस् या नहुँदा उनी निरन्तर विकासका सक्रिय छन् र उनको एउटै उद्धेश्य छ कि राजनीतिमार्फत समाजको विकासमा योगदान गर्न पाईयोस्। चुनावका बेला मात्र होइन, सधैं जसो मतदाताहरुकै बीच हुन्छन् र उनीहरुको सुखदुखमा पनि उनी संगसंगै छन्।

तरुण दलको जिल्ला अध्यक्षदेखि तरुण दलको केन्द्रीय अध्यक्ष हुँदै अहिले अर्थराज्यमन्त्रीसम्म हुँदा उनी एउटै कुरामा जोड दिईरहेका हुन्छन् त्यो हो विकास नै। उनको निरन्तरको सक्रियता, विकासमा गरेको योगदान, इमान्दार छवि र शालिन व्यक्तित्वका कारण मतदाताहरु उदय शम्शेरप्रति निकै प्रभावित छन्।

उदय शम्शेरको पालामा भएका विकासका कामहरुले पनि मतदाताहरु उदयको विकल्प चाहिरहेका छैनन्।

अहिले ललितपुर क्षेत्र नं. १ मा सिलवाललाई लिएर एउटा किस्सा नै बनिसकेको छ। स्थानीय भन्छन्, न्याय दिने अदालतले नै उनलाई दोषी ठहर गरिसकेपछि अब हामीले कसरी न्याय दिनु, हामी त विकास गर्नेलाई पो भोट दिने हो।