प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने मलाई पनि रहर छ : कोइराला

प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने मलाई पनि रहर छ : कोइराला

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको बताउनु भएको छ ।

रिर्पोटर्स क्लब रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताउँदै मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पानीजहाज र रेल चढ्ने रहर आफूलाई पनि लागेको बताउँदै उहाँले हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिनुभयो । भ्रम एक पटक छर्नुभयो त्यसको उब्जनी पनि राम्रै भयो अब फेरि भ्रमको खेती चल्दैन उहाँले भन्नुभयो ।

कांग्रेस कमजोर हुनुमा नेतृत्व मुख्य जिम्मेवार रहेको भन्दै उहाँले सभापतिदेखि महामन्त्रीसम्मले कांग्रेस कमजोर हुनुको जिम्मेवारी लिनु पर्ने बताउनु भएको हो । पार्टीलाई बलियो बनाउन आफू कार्यकर्ता र सर्वसाधारणसँग भेट गर्ने अभियानमा लागेको उहाँको भनाई छ । नेतृत्वका लागि महामन्त्री शंशाक कोइराला र आफनो बीचमा कुनै विवाद नरहेको उहाँले बताउनुभयो ।